कश्मिर मुद्दामा पाकिस्तानलाई इरानको समर्थन !

डिसी नेपाल
२७ असोज २०७६ ८:१४

बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानको एक दिवसीय भ्रमणमा थिए। यो भ्रमणमा प्रधानमन्त्री खानको भेट इरानका राष्ट्रपति हसन रुहानी र त्यहाँका सर्वोच्चका धार्मिक नेता आयतोल्लाह खमेनीसँग भयो।

तेहरानमा राष्ट्पति रुहानी र इमरान खानले भेटवार्तापछि पत्रकार सम्मेलनको आयोजना गरे। उक्त प्रत्रकार सम्मेलनमा प्रधानमन्त्री इमरान खानले कयौं विषय संचारमाध्यम अगाडि राखे। उनले कश्मिर मुद्दा पनि उठाए।

इमरान खानले भने–कश्मिरमा ८० लाख मानिस विगत ६८ दिनदेखि कफ्र्यूका कारण आफ्नो घरभित्र बन्द छन्। म राष्ट्रपति रुहानीलाई धन्यवाद दिन चाहन्छु की उहाँले कश्मिर मुद्दाका विषयमा बोल्नु भएको छ। भारतले कश्मिरमा मानवीय संकट उत्पन्न गराएको छ। राष्ट्रपति रुहानीले कश्मिरमा मानवअधिकारको विषयलाई लिएर चिन्ता जनाउनु भएको छ।’

यद्यपी राष्ट्रपति रुहानीले उक्त पत्रकार सम्मेलनमा कश्मिरका विषयमा केही उल्लेख गरेनन्। हसन रुहानीले यमन, साउदी अरब र अमेरिकी प्रतिबन्धका विषयमा उल्लेख गरेपनि कश्मिरको विषयमा केही उल्लेख गरेनन्।

हसन रुहानीले भने–मैले पाकिस्तानका प्रधानमन्त्रीसँग उक्त इलाकामा शान्ति लर स्थिरताका लागि इरान आउँदा हामीले उहाँको स्वागत गर्यौं। क्षेत्रीय मुद्दाको समाधान क्षेत्रीय आवश्यकता र संवादमार्फत हुनुपर्छ। हामीले प्रधानमन्त्री खानसँग यमनमा जारी हिंसा र परमाणु सम्झौताका विषयमा पनि कुुरा गर्यौं।’

रुहानीले आफ्नो मुलुकमाथि कसैले आक्रमण गर्ने दुशाहश गरे मुखतोड जवाफ दिने चेतावनी पनि दिए। प्रधानमन्त्री इमरान खानले साउदी पाकिस्तानका सबैभन्दा नजिकको मित्र भएको र इरान पनि आफ्नो छिमेकी मुलुक भएको बताए।

प्रधानमन्त्री खानले भने–मलाइ थाहा छ, इरान र साउदीबीच निकै जटिल समस्या छन्। तर टकराव रोक्नु विश्वको हितमा छ। केही मानिसहरु यो टकरावमा आफ्नो हित देखिरहेका छन् र यसलाई झन बढाउन खोजिरहेका छन्। इरान र साउदीले वार्तामार्फत समस्याको समाधान गर्नुपर्छ। म यहाँबाट रियाद जाँदैछु र त्यहाँ पनि टकराव कम गर्ने विषयमा कुरा गर्छु।’

इमरान खान मुस्लिम देशमा जारी टकरावलाई लिएर मध्यस्थता गर्ने कोशिश गरिरहेको अनुमान गरिँदैछ। र, यही क्रममा उनी इरान र साउदीको भ्रमणमा छन्। इरान र साउदीबीचको तनाव उत्कर्षमा पुगेको छ।

तर पाकिस्तानको दुवै देशसँग राम्रो सम्बन्ध छ। इस्लामिक विश्वामा पाकिस्तान एकमात्र यस्तो देश हो जो परमाणु शक्ति सम्पन्न छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *