सिरहाको कमला नदीको बगरमा भेटिएको सकेट बम निष्क्रिय

डिसी नेपाल
२७ असोज २०७६ १३:४३

लहान। सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।

बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ। कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए। बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *