प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा उपराष्ट्रपतिको जोड

डिसी नेपाल
२७ असोज २०७६ १९:३९

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्ने बताएका छन्।

राजधानी काठमाडौंमा आयोजित मगरहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेकाले प्राप्त अधिकारलाई संस्थागत र संरक्षण गर्नुपर्ने बताए।

उपराष्ट्रपति पुनले संविधान गतिशिल दस्तावेज भएकाले जनजातिको बाँकी अधिकारका लागि समय सन्र्दभ अनुसार संविधानमा समावेश गर्दै लैजान सकिने भन्दै अपुग भएका कुराहरु पुरा हुदै जानेमा विश्वस्त हुन आग्रह गरे।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाइराख्न आग्रह गरे। भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै उनले “म को हुँ ?”भन्ने मनोविज्ञान बचाई राख्नु नै महत्वपूर्ण भएको बताए।

उनले विश्वभर मगर समुदायका नेपालीले उल्लेखनीय काम गरेर चर्चामा आएको दृष्टान्त दिदै मगर समुदायका ‘रोलमोडल’ लाई हेरेर अघि बढ्नुपर्ने बताए।
विभिन्न देशबाट आएमा मगर समुदायका प्रतिनिधि र सहभागीहरुले आ–आफु कार्यरत रहेको देशमा आफुले गरेका कामहरुको बारेमा पनि छलफल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *