कसरी सुखी हुने?
मानब जिवनको अधिकांश समय कसरी सुखी हुने भन्ने उपायको खोजमा ब्यतित हुन्छ। हामी मध्ये केहिले जिवनको सुरुवातमै उपाय पत्ता लगाएर सुखी हुन्छन् भने केहीले जिवनको अन्त्य सम्म पनि उपाय पत्ता लगाउन नसकेर दुःखमै जिवनको बिट मार्न पुग्दछन्। ढुङ्गे युग देखी आज सुचनाको युग सम्म आईपुग्दा पनि मानब को सुखी हुने भोग अझै सम्म मर्न सकेको छैन। अझ अहिलेको यो तनाब पुर्ण समाजमा आफु मात्र सुखी हुने होडले मानीस आफु मात्र दुखी नभएर पुरै संसारनै दुखी बनाई रहेको छ।
“आफु सँग जे छ त्यसैमा खुसी हुन सक्नु नै बास्तबमा हामी सुखी हुन सक्ने मुल मंत्र हो“ । बुद्धले भनेका पनि छन् “खुशी रोजाई हो, परिणाम होइन“ र बास्तबमै जब हाम्रो रोजाई खुशी हुन्छ, हामी स्वत सुखी हुन पुग्दछौँ। हामी सुखी वा दुखि के हुने भन्ने छनौट हाम्रो हो। आफु सँग जे जति छ त्यसैमा सन्तुष्ट हुन सकेको खण्डमा हामी संसारकै सबैभन्दा सुखी बन्न सक्दछौँ तर आफुलाई अरू सँग तुलना गर्न पुगियो भने संसारकै सबैभन्दा दुखि बन्नबाट हामीलाई ईश्वरले पनि रोक्न सक्दैनन्। त्यसैले भनिन्छ पनि “सन्तोषम् परम सुखम“। संसारमा सफल भएका अधिकांश ब्यक्तिहरूको सुखी हुने आफ्नै तरिका भएता पनि समग्रमा सबैका एकै प्रकारका जिवन जिउने पद्दतीहरू देख्न सकिन्छ।
आफुले आफैलाई बिश्वास गर्नुहोस्, आफुसँग कहिल्यै नहान्नुहोस्
कहिलेकाहीँ हामी आफ्नो सानो असफलता बाट पनि जिवनमा ज्यादै दुखी भैराखेका हुन्छम्् र त्यहीँ सानो असफलतालाई नै दुखको कारण बनाइराखेका हुन्छम्् तर हामीले के बुझ्न आबश्यक छ भने असफलता नै सफलताको जननी हो। त्यसकारण हामीले आफुले आफुलाई बिश्वास गरेर आफैँलाई जित्न आबश्यक हुन्छ। यदि हामीले अब म केही पनि गर्न सक्दिन, म बर्बाद भइसके जस्ता नकारात्मक सोच आफैँले आफुँमै पैदा गरि आफुँ आफैँ सँग हार्यौँ भने, हामी जिवनमा कदापि सुखी हुन सक्दैनौँ। हामीले जिवनमा सफल र सुखी भएका ब्यक्तिहरू मध्येमा ज्याकमा, अमिताभ बच्चन र कैयौँ अरू सफल ब्यक्तिहरूको जिवनसैलि अध्यन गर्यौँ भने पनि उनीहरुले जिवनमा आफुले आफैलाई बिश्वास गरेर सफल भएको उदाहरणहरू प्रष्ट रूपमा देख्न सकिन्छ।
कृतज्ञता नै सुखको बाटो हो
हामी दुखी हुनुको एउटा प्रमुख कारण हाम्रा इच्छा र आकांक्षाहरू असिमित बनाउनु पनि हो। हाम्रा असिमित इच्छा र आकांक्षाहरूले हामी लाई सदैब दुखको बाटो तर्फ आग्रसर गराई राखेको हुन्छ। एउटा कुराको प्राप्ति सँगै असिमित इच्छा र आकांक्षाहरूले पुन हामीलाई अर्को कुरा प्राप्तिका लागि लालायित गराउनाले पुनःहामी दुखकै बाटो तर्फ धकेलिन पुग्दछौँ।
हाम्रा इच्छा र आकांक्षाहरूलाई बढी नै नियन्त्रण गरेर सुखी हुन खोज्नु पनि हाम्रो ठुलो मुर्खता हुन सक्दछ, किनकि खरानी धसेर सन्यासी नै हुनु पनि समस्याको सामाधान होइन तर आफूसँग जे छ त्यसैमा सन्तुष्ट भएर कृतज्ञताको जिवन बाँच्न सकेको खण्डमा जिवन साँच्चिकै सुखी हुन पुग्दछ। यो संसारमा जति पनि सफल मानिसहरू ती सम्पुर्ण कृतज्ञताको जिवन बाँचेर सुखी भएका छन्।
धनि भएर सुखी हुन सकिन्छ भन्ने भ्रममा हामी आफ्नो जिवनको गति लाई यति धेरै तिब्र बनाइरहेको हुन्छम कि सबै धनि मान्छे सुखी हुन सक्दैनन् भन्ने चेत आइनसक्दै हामी ठुलो दुघटनामा परि सक्छौँ। कृतज्ञताको जिवन जियाँइमा यति शक्ति हुन्छ कि, जति सुकै दुःखी मान्छे पनि सुखी साथ जिवन जिउन सक्दछ। यसै क्रममा कृतज्ञताको जिवन जियर बिश्वमा आफूलाई नमुनाको रूपमा प्रस्तुत गर्नुभएका नेशनल मन्डेलाले भन्नुपनि भएको छ,“ म कहिल्यै हार्दिन, कि जित्छु, कि सिक्छु“। हामीले हारलाई पनि सिकाइको रूपमा लिदैँ, कृतज्ञताको जिवन जिँयमा जिवनमा सुखी हुन त्यति गाह्रो छैन।
परिवार र आत्मियजनहरूलाई समय दिनुहोस्
खुसी हुनका निम्ति हामी बिभिन्न उपायहरूको खोजि गर्दछौँ। कहिले हामी मोबाइल वा कम्प्युटरमा गेम खेल्छौँ, फिल्म हेर्छौँ। अझ तनाव हटाउने बहानामा साथी भाईहरुँग बसेर मद्यपान एंबम् लागुऔषध सेबन गर्छौँ र कालान्तरमा दुर्व्यसनी सिकार बन्न पुग्दछौँ, रमाइलो गर्ने बहानामा बिबिध डान्स बार, डिस्को पुग्दछौँ तर हाम्रा खुसी हुने हरेक प्रयत्नहरू त्यसै खेर जान्छन्।
तर हामिले परिवार र आत्मिय जनहरूलाई थोरै मात्र समय देन सकेको खण्डमा हाम्रा सम्पुर्ण तनाब र कठिनाईहरू हट्नु त छदैछ,परिवार र आत्मिय जनहरूसँगको सुमधुर प्रेम सम्बन्धले थप उर्जा र जीवनप्रति सकारात्मक उत्प्रेरणा समेत प्रदान गर्दछ।
बिभिन्न अनुसन्धान र खोजहरूले पनि, जो ब्यक्तिले सबै भन्दा बढी समय परिवार र आत्मिय जनहरूसँग ब्यतित गर्दछ, उसको रोग प्रतिरोधात्मक क्षमता अरूको तुलनामा बढी हुनुको साथै तनावबाट पनि धेरै टाढा हुने रहस्य समेत पत्ता लगाएको छ। पाश्चात्य मुलुकहरूमा भन्दा पुर्बिय मुलुकका मानिसहरूमा तुलनात्मक रूपमा तनाब कम हुनुको कारण पनि पाश्चात्य मुलुकहरूमा भन्दा पुर्बिय मुलुकहरूमा परिबारिक प्रेम र आपसी सम्बन्ध बढी सुमधुर हुनुका साथै परिबारिक मुल्य र मान्यताहरुलाई बढि महत्व दिएको पाइन्छ। परिवार र आत्मिय जनहरूलाई समय दिँदा जुन अतुलनीय सुख मिल्दछ, त्यो सुख कुनै पनि धनसम्पत्ति वा भौतिक कुराहरुसँग तुलना गर्न सकिन्न। परिवार र आत्मिकजनहरू सँग बिताएका छोटा पलहरुले पनि हामीलाई धेरै सुख प्रदान गर्दछ।
सकारात्मक सोचको विकास गर्नुहोस्
भन्न जति सहज छ, ब्यवहारिकतामा त्यति नै कठिन पनि छ, सकारात्मक सोचको विकास गर्नको लागि तर असम्भव नै भने चाहिँ होइन। संसारमा जति पनि सफल र सुखी ब्यक्तिहरू छन्, ति सम्पुर्णले सकारात्मक सोचको उपयोग गरेकै छन््। भागवत गीतामा भनिएको पनि छ– “हामी जस्तो सोच्छौँ, अन्त्यमा त्यस्तै हुन्छौँ पनि।” सकारात्मक सोचको उपयोग धार्मिक मात्र होइन, पुर्ण बैज्ञानिक पनि छ। हामी जस्तो वातावरणमा हुर्कन्छौँ, हामी त्यस्तै बन्न पुग्छौँ। सत्कर्ममा बिश्वास राख्ने, सकारात्मक सोच भएको परिवारमा जन्मेको मानिस कहिल्यै अराजक हुन्नैँ सक्दैन।
त्यसकारण परिवार र परिवारका हरेक सदस्यहरूमा सकारात्मक सोचको उपयोग हुन अत्यन्त आबश्यक छ। सकारात्मक सोचलेनै हामीलाई सुखी बनाउँदछ। सकारात्मक सोच यस्तो अमृत हो, जसले जस्तोसुकै दुःखबाट पनि मुक्ति दिलाएर सुखी बनाउँदछ। सकारात्मक सोचको कति सम्म प्रभाव हुन्छ भनेर हेर्नको लागि हामीले दुईवटा उस्ता उस्तै बिरूवाहरू लिएर एक हप्ता सम्म एउटा बिरुवालाई माया गरेर, राम्रो राम्रो शब्दहरू प्रयोग गर्यौँ तर अर्को बिरूवालाई गालि गरेर, अपशब्दहरू प्रयोग गर्यौँ भने हामीले एक हप्तासम्ममा यी दुई बिरुवाहरूमा ठुलो परिवर्तन देख्न सक्दछौँ।
माया गरेको बिरूवा सर्लक्क र चिल्लो भएर बढ्नेछ तर दोस्रो बिरूवा जसलाई हामीले गाली र अपशब्द प्रयोग गरेका थियौँ, त्यो बिरूवा एक्दमै कुरूप र मर्न लागेको पाउनेछौँ, किनकि यो बिरूवाले एक हप्तासम्म निरन्तर गाली र अपशब्द सुनेकोले जिवन प्रतिको आस र भरोसा गुमाइसकेको छ। बिरूवामा त सकारात्मक सोचको यति प्रभाव हुन्छ भने मानबिय जिवनमा सकारात्मक सोचको महत्व बर्णन नै गर्न सकिदैँन। जोसँग सकारात्मक सोच छ , ऊ नै सफलताको शिखरमा पुग्दछ र सुखी हुन्छ तर जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिन्छ र जिवनभर दुखी भएर बाँच्छ। म सुखी छु, सुखी हुनुपर्छ र सुखी रहिरहन्छु भन्ने सोचले नै हामीलाई जिवनभर सुखी बनाइरहन्छ।
ध्यान गर्नुहोस्
ध्यान भन्ने बितिक्कै हामी धर्मलाई सम्झन्छौँ तर वास्तवमा ध्यान भनेको विज्ञान र अध्यात्मको सफल परिक्षण हो। आजको युगमा अध्यात्मवादी भन्दा अध्यात्मिक हुनु बढी उपयुक्त हुन्छ र हामी नास्तिक नै हौँ भने पनि ध्यानले हामीलाई सुखी हुनको लागि धेरै ठुलो सहयोग गर्दछ। आस्तिकहरूले मात्रै होईन, नास्तिकहरूले पनि आजको बिश्वमा मेडिटेसन९ध्यान०लाई धेरै ठुलो महत्व दिएका छन् किनकि ध्यान सकारात्मक सोचको सबैभन्दा ठूलो मुहान हो ।
ध्यानले हामीलाई नकारात्मक चिन्तन नष्ट गराएर सकारात्मक चिन्तन गर्नको लागि सहयोग गर्दछ। हाम्रो मन यति चञ्चल छ कि, हामीले नचाहदाँ नचाहदैँ पनि असंख्य कल्पना तथा असङ्ख्य चिन्तनहरु आउँदछन्। असंख्य कल्पना तथा असङ्ख्य नकारात्मक चिन्तनहरुले हामीमा बिभिन्न प्रकारका समस्याहरू पनि सिर्जना गराउँदछ। मानसिक तनाव, शारीरिक आलस्यता, डिप्रेसन एंव बिभिन्न प्रकारका समस्याहरू जो हेर्दा सरल देखिन्छ तर हाम्रो दैनिक जनजीवनमा ठुलो असर पारिराखेको हुन्छ। हामीले दैनिक रूपमा छोटो समय ध्यानको लागि छुट्टयाउन सकेको खण्डमा ध्यानले हामीलाई मानसिक तनाव, शारीरिक आलस्यता, डिप्रेसन एंव बिभिन्न प्रकारका समस्याहरू छुट्कारा दिने मात्रै नभईकन अनावश्यक असङ्ख्य नकारात्मक चिन्तन तथा कल्पनाहरूलाई मनबाट हटाएर मनलाई शुद्धिकरण गरी पबित्र बनाउँछ, जसको फलस्वरुप हामी आत्मिय र दिर्घकालिन सुखको अनुभूति गर्न सक्दछौँ।
लेखक दक्षिण कोरियामा विधाबारिधिरत छन्
Facebook Comment