आलम सांसद पदबाट निलम्वित

डिसी नेपाल
२८ असोज २०७६ ७:०२

काठमाडौँ । प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनी निलम्बनमा परेका हुन् ।

रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम आइतबार पक्राउ परेका थिए । सङ्घीय सचिवालयद्वारा आज जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *