५ सय डलरको सीतादेवी पत्रकारिता पुरस्कार गौतम र लुइटेललाई

काठमाडौं । अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम र श्याम लुईटेललाई प्रदान गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएन) बारे कलम चलाए वापत प्रदान गर्दै आइएको सो पुरस्कारका लागि वर्ष २०१९ का लागि नेपालबाट गौतम र बेलायतबाट लुँइटेललाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो ।
गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित सो पुरस्कारको राशी ५ सय अमेरिकी डलर सहित प्रमाण पत्र रहेको छ।
प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाइरहेका पत्रकार लुईटेल वीनेपाली डट कमका सम्पादन मण्डलमा छन् भने गौतम इमेजखवर डटकमका डेक्स सम्पादन हुन् ।
प्रतिक्रिया
Facebook Comment