अमेरिकाको कोलम्बसमा सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको कोलम्बसमा सडक दुर्घटना हुँदा २ जना नेपालीको ज्यान गएको छ ।
शनिवार राति १० बजे सनबरी रोड र मोर्स रोड चोकमा भएको दुर्घटनामा परी नेपाली अन्जु विश्वकर्मा र २४ बर्षकी कार चालक ४० वर्षकी कुमारी विश्वकर्माको ज्यान गएको कोलम्बस प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएकी अन्जुकी बहिनी २२ वर्षीया सिर्जनाको माउन्ट कार्मेल इस्ट हस्पिटलमा उपचार भइरहेको छ । २ जना पैदलयात्री पनि सामान्य घाईते भएका छन् ।
कोबी स्टिलवेलनामकी १८ वर्षीया किशोरीले चलाएको अउडि कारले टोयोटा क्याम्री कारलाई ठक्कर दिँदा टोयोटा कार चालक कुमारी र त्यसमा सवार अन्जुको घटनास्थलमै मृत्यु भएको थियो।
प्रतिक्रिया
Facebook Comment