चीनमा रासायनिक कारखाना विस्फोट हुँदा ४ जनाको मृत्यु

डिसी नेपाल
२८ असोज २०७६ १२:५८

नानिङ, चीन । दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको थियो।

यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक सामान्य घाइते भएका जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *