नवलपरासीको गुठीप्रसौनीको नेपाली नहरमा एक व्यक्तिको शव फेला

डिसी नेपाल
२८ असोज २०७६ १३:०६

नेपाली नहरमा मृत व्यक्ति फेला

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।

करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ।

उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान थालेको जनाएको छ।

घटनाको अनुसन्धानका लागि तालीम प्राप्त कुकुर मगाइएको प्रवक्ता थापाले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *