नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपति भण्डारीको आह्वान

डिसी नेपाल
२८ असोज २०७६ १३:४०

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामुहिक लगानी समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीलाई आह्वान गरेकी हुन्। गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्न गएको राष्ट्रपति भण्डारीको भनाइ छ।

‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपालः सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित छ,’ मंगलबारबाट काठमाडांैमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई हार्दिक आह्वान गर्दछु।’

उनले गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको उल्लेख गरिन्।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गरे। उनले गैरआवासीय नेपालीको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचय पत्र’ वितरण गर्ने जानकारी दिए।

२५ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी रहेको तीन दिने सो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *