यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका महरा काठमाडौं जिल्ला अदालतमा

डिसी नेपाल
२८ असोज २०७६ १३:४८

काठमाडौं। संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक बयान लिएलगत्तै निवर्तमान सभामुख महरालाई प्रहरीले म्याद थप गर्न काठमाठौं जिल्ला अदालतमा पेश गरेको हो।

असोज १९ गते शाहीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि बिरामी परेका उनलाई थापाथलीस्थित नर्भिक अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा लगिएको हो।

अदालतमा महराले आफूले बयान दिन सक्ने बताए आजै बयान लिने नभए बयानका लागि म्याद थप गर्ने तयारी गरिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *