‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्ध सगरमाथाझैं उचाई र सागरझैं गहिराईमा पुर्याएको छ’

डिसी नेपाल
२८ असोज २०७६ १७:०६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सगरमाथाझैं उच्च र सागरझैं गहिराईमा पुर्याएको बताएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने पनि स्पष्ट पारे।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको पनि बताए।

त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे।

उनले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न सबैलाई आग्रहसमेत गरेका छन्।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने सो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *