विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी

डिसी नेपाल
२८ असोज २०७६ १७:४९

काठमाडौं । सरकारले ३९ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाउने भएको छ ।

कृषि विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भोली असोज २९ गते (अक्टोबर १६ तारिक) का दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने जानकारी गराएको हो।

‘पहलः स्वस्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नाराका साथ भोली ३९ औं विश्व खाद्य दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रम अनुसार भोली (बुधबार) बिहान सो दिवसको अवसर पारेर बिहान ८ बजेदेखि १० बजेसम्म ललितपुरको हरिहर भवनदेखि जावलाखेल र जावलाखेलदेखि हरिहरभवनसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ ।

त्यसैगरी १० बजेदेखि २ बजेसम्म कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यमा विश्व खाद्य सम्बन्धि औपचारिक कार्यक्रम आयोजना हुने पनि विभागका महानिर्देशक पौडेलले बताए।

नेपालले खाद्य सुरक्षाको महत्व उजागर गर्ने उद्देश्यका साथ सन् १९८१ देखि सो दिवसमा राष्ट्रिय रुपमा मनाउँदै आएको छ।




प्रतिक्रिया

One thought on “विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी

  1. जून अहिले को कमला घिमिरे त्यतिबेला त सानोमा केहि सोचने कुरा भयेना ( काँखमा छोरी च्याप्दै कमलाको आमा ) . हामी झुट्टो बोल्दैना। दोहोरी गाउने , कमला घिमिरे डल्ली हो डल्ली। होना त कमला घिमिरे ११ बर्ष नै होला तर ८ बर्षको केटी जस्तो देखिन्छ। डल्ली हो। हाम्रो भेनाले भन्थेयो , बाख्रा चाहियो भनेर , बाहुनहरुले बेच्छ की भनेर खोजन गको रे , काँखमा छोरी च्याप्दै कमलाको आमाले भनेछ रे , अहिले लाई छैन , पछि फेरी आउदै गर्नु न भनेर भनेछ रे। त्यसको पनि अर्को साल जन्मेको हाम्रो दिदिको छोरा नै ११ बर्ष भइसकेयो भनेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *