विश्वकप छनोटमा अस्ट्रेलियाको आधा दर्जन गोल

डिसी नेपाल
२९ असोज २०७६ ७:४६

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपालको समूहमा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा फराकिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा अष्ट्रेलिया चाईनिज ताइपेलाई ७–१ गोल अन्तरले पराजित गर्यो । अष्ट्रेलियाको जितमा एडम टाग्गर्ट, ह्यारी सुटर, ज्याक्सन इर्भिनेले समान २–२ गोल गरे ।

जामी म्याकलरेनको नाममा एक गोल रह्यो । ताइपेका यी वि चेनले एक गोल फर्काए । समूह बी को अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । तीन खेलमा पराजित ताइपे अंक विहिन रहदै समूहको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *