विश्वकप छनोटमा हारबाट जोगियो भारत

डिसी नेपाल
२९ असोज २०७६ १०:०३

एजेन्सी । भारत कतार विश्वकप अन्तर्गतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा हारबाट जोगिएको छ । खेल सकिन दुई मिनेट बाँकी रहँदा आदिल खानले गोल गरेपछि भारत दक्षिण एसियाली टोली बंगलादेशसँगको सम्भावित हारबाट जोगिएको हो ।

भारत र बंगलादेशबिचको खेल १–१ गोलको बराबरीमा टुंगियो । बंगलादेशले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितबाट वञ्चित हुन पुगेको हो।

खेलको ४१औं मिनेटमा साद उद्दिनको हेडर गोलबाट बंगलादेशले खेलमा अग्रता बनाएको थियो । ६०औं मिनेटमा भारत बराबरी गोलबाट चुक्यो । एनासको प्रहारलाई बंगलादेशका विप्लो अहमदले गोललाईबाट बचाउदै सम्भावित बराबरी टारेका थिए ।

८८औं मिनेटमा आदिल खानले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याए त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो । यो सँगै बंगलादेशले समूह ‘एफ’ मा ३ खेलबाट पहिलो अंक जोड्न सफल भएको छ । भारतको ३ खेलबाटै २ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *