कात्तिक १० भित्र उम्मेद्वारको सिफारिस केन्द्रमा पठाउन निर्देशन

डिसी नेपाल
२९ असोज २०७६ १०:४७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

नेकपाको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी ३ जनाको नाम सिफारिस गरी कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो।

निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ।

स्थानीय नगरपालिका वा गाउपालिकाहरुको मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने उनले जानकारी दिए।

वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ। उपनिर्वाचन मंसिर १४ गते हुँदैछ।

त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ। यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ।

पछिल्ला सदस्य सहित संगठन विभाग ५ सदस्यीय भएको छ। यद्यपि संगठन विभागले पूर्णता भने अझै पाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *