विवेकशीलको अध्यक्षमा मिलन पाण्डे

डिसी नेपाल
२९ असोज २०७६ ११:२९

काठमाडौं। विवेकशील नेपाली पार्टीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्। जनकपुरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएको सो पार्टीले जनाएको छ।

पाण्डेले आफ्ना प्रतिस्पर्धी शिव थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै महासचिवमा निर्देश सिलवाल, नीति सचिवमासञ्जिव भट्टराई निर्वाचित भएका छन्।

मंगलबार शुरु भएको राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ। ९९ सदस्यीय सो दलको केन्द्रीय कार्य समितिमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू निर्वाचित हुने जनाइएको छ।

जनकपुर सम्मेलनले २२ सदस्यी समिति चयन गर्नेछ। आउँछन्। जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ। प्रदेशबाट केन्द्रीय समितिमा आउने सदस्यहरु भने बाँकी रहने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *