मेक्सिकोमा सेना र हतियारधारी समुहबीच गोली हानाहान, १५ जनाको मृत्यु

डिसी नेपाल
२९ असोज २०७६ ११:४६

काठमाडौँ । दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ। मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन्।

मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको बताइएको छ। उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन्। उक्त गुुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिएका छन् ।

तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन्। उनले उक्त राज्यमा सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरुमाथि सशस्त्र समूहका सदस्यहरुले गोली आक्रमण गरेका थिए।

उक्त राज्यको पश्चिमी नगर आउगनियामा केही दिन मात्र अघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृतको हत्या गरेको केही दिनपछि मङ्गलबार अपरान्ह फेरि यो अर्को घटना भएको बताइएको छ। गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो ।

यहाँ कम्तीमा पनि २० ओटा सशस्त्र समूहहरुले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ। उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । सोही कारण उक्त राज्यमा सुरक्षाकर्मीहरुमाथि हमला हुने यस्ता हिंसात्मक घटनाहरु प्रायः हुने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *