युरोकप छनोटमा इटालीको शानदार जित

डिसी नेपाल
२९ असोज २०७६ १३:०७

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा इटालीले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको खेलमा इटालीले लिक्टनस्टीनलाई ५–० गोल अन्तरले हराएको छ ।

लिक्टनस्टीनको घरेलु मैदानमा इटालीलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे । यस्तै फेडेरिको बेर्नारडेस्ची, एलिस्सो रोमागोन्ली र स्टेफेन इल शारवेले एक एक गोल गरे ।

जितसँगै समूह जे को इटालीले ८ खेलमा अपराजित रहदै २४ अंक जोडेको छ । शीर्ष स्थानको इटाली यसअघि नै युरोकपमा छनोट भईसकेको छ । पराजित लिक्टनस्टीन २ अंक जोडेर समूहको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *