एनआरएनए मध्य–पूर्व संयोजक र उपसंयोजक निर्विरोध
![एनआरएनए मध्य–पूर्व संयोजक र उपसंयोजक निर्विरोध](https://www.dcnepal.com/wp-content/uploads/2019/10/73196498_2505380786195149_8334633536833191936_n.jpg)
काठमाडौं। निर्वाचनको अन्तिम तयारी भइरहेका बेला एनआरएनए मध्य–पूर्व क्षेत्रीय संयोजक र उपसंयोजक भने निर्विरोध निर्वाचित भएका छन्।
बुधबार मध्य–पूर्व संयोजक र उपसंयोजक निर्विरोध निर्वाचित भएका हुन्। सहमति अनुसार मध्य–पूर्व संयोजकमा प्रवीण गुरुङ र उपसंयोजकमा मनोज गोर्खाली निर्विरोध भएका हुन्।
यसअघि दुवै जनाले संयोजक पदका लागि उम्मेद्वारी घोषणा गरेका थिए। तर दुवै पक्षबीच सहमति भएपछि गुरुङ संयोजक र गोर्खाली उपसंयोजक बन्ने गरी सहमति भएको हो। दुई जनाबीच सहमति भएपछि अन्य उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए।
प्रतिक्रिया
Facebook Comment