राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई

डिसी नेपाल
२९ असोज २०७६ १४:२४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले एसिड पीडित बालिका मुस्कान खातुनलाई भेटेका छन् ।

कप्तानबाट हालै राजिनामा दिएका पारस खड्कासहितको टोलीले बुधबार १५ वर्षीय बालिका खातुनलाई भेटेका हुन् । खातुनलाई भेट्न पारससहित,प्रशिक्षक उमेश पटवाल, सोमपाल कामी, अविनास बोहरा अस्पताल पुगेका थिए ।

पारसले खातुन सबैको लागि प्रेरणाको स्रोत भएको समेत बताएका छन् । खातुन एक महिना अघि वीरगञ्जमा एसिड आक्रमणमा परेकी थिइन् । उनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *