प्रधानमन्त्रीको प्रश्नः मेरो सरकारले केही पनि गरेन ? (भिडियो)

डिसी नेपाल
२९ असोज २०७६ १७:५४

काठमाडौं । प्रधानमन्त्री ओलीले मुलुकमा ‘केही पनि भएन’ भन्नेहरूले हल्ला पिटेका भन्दै आफ्नो सरकारका पालामा हालसम्म के के भयो त्यसको हाइलाइट सुनाएका छन्। उनले केही पनि गरेन भनेर आलोचना गर्नेहरू भ्रममा रहेका भन्दै भ्रमबाट मुक्त हुन सुझाव दिए।

आलोचकहरूले राम्रो कुरा हेर्न र सुन्न नचाहेका प्रधानमन्त्रीको दावी थियो। राम्रै राम्रो काम भएको भन्दै प्रधानमन्त्रीले यति धेरै राम्रा काम गर्दा पनि केही गरेन भन्नेहरूमा पूर्वाग्रही धारणा रहेको आरोप लगाए।

मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सरकार लागेको उनको दावी छ। बुधबार सत्तारुढ नेकपाले दशैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले केही भएन भन्नेहरुलाई भए/नभएको थाहा पाउन बुढाबुढीलाई गएर सोध्न पनि आग्रह गरे।

प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त पनि सुनाएका छन्। प्रधानमन्त्रीको उपलब्धी सूचिमा चीनका राष्ट्रपतिको भ्रमण पनि सामेल छ।

भाषणको हाइलाइट सुन्नुस्ः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *