मापसे गरेर सवारी चलाउने साढे दुई लाखलाई कारबाही
बेईजिङ । चीनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै साढे दुई लाख जना एक वर्षमा कारबाहीमा परेका छन् ।
चिनियाँ प्रहरीले बुधबार दिएको जानकारी अनुसार कूल दुई लाख ४७ हजार जनालाई मापसे गरेर सवारी चलाएकोले कारबाही गरिएको हो ।
सार्वजनिक सुरक्षा मन्त्रालयले यो तथ्याङ्क एक वर्षको भएको पनि जनाएको छ । चीनमा भएका कूल सवारी दुर्घटनाहरूमध्ये २०।७ प्रतिशत दुर्घटना मादक पदार्थ सेवा गरेर सवारी साधन चलाएकाले हुने गरेको तथ्याङ्क छ ।
चिनियाँ कानूनका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु अपराध हो ।
प्रतिक्रिया
Facebook Comment