युईएफएद्वारा सिटी, लिभरपुलसहित चार क्लबलाई जरिवाना

डिसी नेपाल
१ कार्तिक २०७६ १०:०८

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जाग्रेबविरुद्धको खेलमा समर्थकहरुले मैदानमा विभिन्न चिजहरु फ्याकेपछि सिटीलाई जरिवाना गरिएको हो । घरेलु मैदानमा २–० को जित निकाल्दा सिटीका समर्थकहरुले फोहोर वस्तुहरु मैदानमा फालेका थिए ।

जसको कारण सिटीलाई युईएफएले १५ हजार ७५० युरो जरिवाना गरेको हो । यस्तै युईएफएले जाग्रेबलाई पनि २० हजार युरो जरिवाना गरेको छ । त्यस्तै युईएफएले लिभरपुललाई पिचमा क्षति पुर्राएको आरोपमा १० हजार युरो जरिवाना गरेको छ । युईएफएले आयाक्सलाई समेत ५० हजार युरो जरिवाना गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *