एट्लेटिको र भिल्ला रियलबीचको खेल अमेरिकामा हुने!

डिसी नेपाल
१ कार्तिक २०७६ १०:५२

एजेन्सी । ला लिगाले एट्लेटिको मड्रिड र भिल्ला रियलबीचको खेल अमेरिकाको मियामीमा खेलाउने तयारी गरेको छ ।

आगामी डिसेम्बरमा तय भएको दुईबीचको खेल मियामीमा खेलाउन ला लिगाले स्पेनिस फुटबल फेडेरेसनसँग अनुमति मागेको छ । दुई क्लबले डिसेम्बर ६ मा मियामीमा खेल्न राजी भएपछि ला लिगाले फेडेरेसनसँग अनुमति मागेको हो । खेल मियामी डल्फिन्स हार्ड रक स्टेडियममा हुनेछ ।

ला लिगा यसअघि जनवरीमा बार्सिलोना र जिरोनाबीचको खेल मियामीमा गराउन असफल भएको थियो । ला लिगाले कम्तिमा एक सिजन एक खेल अमेरिकामा आयोजना गर्न १५ वर्षको सम्झौता गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *