आइपिएल इतिहासमै महिलाको मसाज पाउने पहिलो टिम बन्यो विराट कोहलीको बैंगलोर !

डिसी नेपाल
१ कार्तिक २०७६ ११:१८

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करणमा आइपुग्दा पहिलो पटक महिला सपोर्ट स्टाफ नियुक्त भएकी छिन् । भारतको राष्ट्रिय टिमका कप्तानसमेत रहेका विराट कोहलीको कप्तानी रहेको रोयल च्यालेन्जर्स बैंगलोरले आइपिएल इतिहासमै पहिलो पटक महिला सपोर्टस्टाफ नियुक्त गरेको हो । बैंगलोरले मसाज थेरापिस्टको रुपमा नवनिता गौतमलाई नियुक्त गरेको छ ।

आरसीबीले ट्वीट गर्दै लेखेको छ ‘नवनिता गौतम आइपिएलको १३ औं संस्करणको लागि स्पोर्टस मसाज थेरापिस्टको रुपमा हामीसँग जोडिएकी छिन् । उनले टिमलाई तयार गर्न र चोटबाट राम्रोसँग सुधार पाउन सहयोग गर्नको लागि मसाज थेरापीको प्रयोग गर्नेछिन् । हामीलाई महिला स्टाफ सदस्य भएको पहिलो आइपिएल टिम हुनुमा गर्व छ ।’ नवनीताले मसाज थेरापी लागु गर्नको लागि हेड फिजियोथेरापिस्ट इभान स्पिचली र स्ट्रेंथ एण्ड कण्डिसनिङ कोच शंकर बासुको साथमा काम गर्नेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *