विराटनगरको कसिलो बलिङ, पोखराद्वारा सामान्य लक्ष्य

डिसी नेपाल
१ कार्तिक २०७६ ११:३६

काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पोखरा पल्टनले विराटनगर टाईटन्सलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेका छन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो ।

पोखराका लागि कविता कुवरले अविजित रहदै सर्वाधिक २२ रन जोडिन् । यस्तै कप्तान सिता राना मगरले १६ रन जोड्दा अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाईन् । सरस्वती मगर १० रनमा अविजित रहिन् ।

विराटनगरकी सबनम राईले २ विकेट लिईन् । सोनु खड्काले १ विकेट लिईन् । आज विराटनगर दोस्रो जितको खोजीमा रहेको छ । पोखरा भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो । पोखरा भने क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *