राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण भारत प्रस्थान

डिसी नेपाल
१ कार्तिक २०७६ १२:१४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आज भारत प्रस्थान गरेका छन् । कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार स्वदेश फर्किएका किरण आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

किरण यसै सिजन गत साउनमा भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका थिए । किरणको टोलीले प्रि–सिजन टुरमा आज एफसी हैदरावादसँग खेल्दैछ ।

आइ लिगको नयाँ सिजन शुरु नभएपनि टोली विगत एक महिनादेखि प्रि–सिजन इन्डियन टुर गरिहेको छ । प्रि सिजनकै लागि किरण अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्नुअघि पनि भारत पुगेका थिए । किरणको टोलीले बैंग्लुरु र एफसी गोवासँग खेलिसकेको छ ।

नेपाली टोलीका अर्को सदस्य रोहित चन्द भने जोर्डनबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् । रोहित पछिल्लो तीन वर्षयता इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।अष्ट्रेलिया र जोर्डनविरुद्धको खेलमा कप्तान किरणले उच्च प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *