सन्दिपको दुरुस्तै कपी गर्छन् उनका ८ वर्षे पाकिस्तानी फ्यान, सन्दिपले भने–‘सुपरस्टार’(भिडियो)

डिसी नेपाल
१ कार्तिक २०७६ १२:३३

काठमाडौं। नेपाली बलर सन्दिप लामिछानेले विश्वभरमा धेरै ठूला टि–२० लिग खेल्ने अवसर पाइसकेका छन् । उनी हालै युएइमा हुने टि–१० लिग र इङल्याण्डमा हुने ‘द हन्ड्रेड’को लागि छनोट भएका छन् । यही बीचमा उनका एक पाकिस्तानी फ्यान सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

मात्रै ८ वर्षका यी पाकिस्तानी फ्यानको नाम अहमद आफ्रिदी हो । शुक्रबार बिहान नेपाली समयअनुसार साढे ११ बजेतिर पाकिस्तानका एक ट्वीटर प्रयोगकर्ता उमेर आफ्रिदीले अहमद आफ्रिदीले बलिङ गरिरहेको भिडियो ट्वीटरमा पोस्ट गरेका हुन् । यो भिडियो पोस्ट गरेको १ घण्टा नबित्दै १२० भन्दा बढी लाइक र २० भन्दा बढी रिट्वीट भइसकेको छ ।

सन्दिप लामिछाने स्वयंले पनि यो भिडियो रिट्वीट गर्दै ती बालकलाई ‘सुपरस्टार’ भनेका छन् । भिडियो पोस्ट गर्ने उमेर आफ्रिदीले लेखेअनुसार यी बालकले सन्दिपलाई पाकिस्तान सुपर लिग खेलेको बेला देखेका थिए । त्यसपछि उनी सन्दिपको ठूलो फ्यान भए । त्यतिबेलादेखि उनले सन्दिपको बलिङ एक्सन दुरुस्तै कपी गर्न थालेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *