विराटनगरको दोस्रो जित

डिसी नेपाल
१ कार्तिक २०७६ १२:४७

काठमाडौं । वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल्)मा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै जित निकालेको हो। पोखराले दिएको ९५ रनको लक्ष्य विराटनगरले १५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

विराटनगरको जितमा लक्ष्मी चौधरीले २३ र ज्योति पाण्डेले २२ रन बनाइन् । पोखराकी सीता राना मगरले २ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

पोखराका लागि कविता कुवरले अविजित रहदै सर्वाधिक २२ रन जोडिन् । यस्तै कप्तान सिता राना मगरले १६ रन जोड्दा अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाईन् । सरस्वती मगर १० रनमा अविजित रहिन् ।

विराटनगरकी सबनम राईले २ विकेट लिईन् । सोनु खड्काले १ विकेट लिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *