एनआरएनएका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

डिसी नेपाल
१ कार्तिक २०७६ १९:२५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले शुक्रबार साँझ शपथ ग्रहण गरेका छन्। शुक्रबार सम्पन्न निर्वाचनबाट कुमार पन्तको नेतृत्वमा ४२ सदस्यीय समिति निर्वाचित भएको थियो।

शुक्रबार साँझ बालुवाटारस्थित संघको सचिवालयमा आयोजित विशेष कार्यक्रममा उनीहरुले शपथ लिएका हुन्। गत मंगलबार शुरु भएको संघको ९ औं विश्व सम्मेलन तथा महाधिवेशन शुक्रबार नयाँ समिति चयनसँगै सम्पन्न भएको छ।

शपथ ग्रहण कार्यक्रममा संघका पूर्व अध्यक्षहरु भवन भट्ट, जिवा लामिछाने, शेष घले र देवमान हिराचन सहभागी भएका छन्। संस्थापक अध्यक्ष उपेन्द्र महतोले त उद्घाटनकै दिन सम्मेलन बहिस्कार गरेका थिए। उनी शुक्रबार शपथ ग्रहण कार्यक्रममा पनि सहभागी भएनन्।

राजनीतिकरण, प्रतिनिधिको आचरण र सम्मेलन व्यवस्थापनमा देखिएको फितलोपनका कारण यो पटक गैरआवासीय नेपालीहरु निकै आलोचित बनेका छन्। यो पटक नेकपा र काँग्रेस खुलेरै निर्वाचनमा होमिएका थिए। संघलाई गैर राजनीतिक बनाउने लक्ष्य थियो। राजनीतिकरण भएपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले बहिस्कार गरेका हुन्।

उता संघका प्रतिनिधिहरु काठमडाौं ओर्लेदेखि नै उपद्रोमा लागेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेकोमा एक प्रतिनिधि पक्राउसमेत परेका छन्। यस्तै सम्मेलनस्थल होटल हायतमा पनि प्रतिनिधिहरुले हुलदंगा गर्नुका साथै कुर्सी तोडफोडसमेत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *