गण्डकी प्रदेश प्रमुखद्वारा सवारी तथा यातायातसम्बन्धी विधेयक प्रमाणीकरण

डिसी नेपाल
२ कार्तिक २०७६ ७:११

पोखरा । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई शुक्रबार प्रमाणीकरण गरेका छन्।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

नेपालको संविधानको धारा १९९ को उपधारा १ मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ।

प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *