लघुजलविद्युत् आयोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा

डिसी नेपाल
२ कार्तिक २०७६ ९:२८

अछाम । अछामको रामारोशन गाउँपालिका–५ मा रहेको कैलाशखोला प्रथम लघु जलविद्युत् परियोजना अवरुद्ध हुँदा ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्। गत असोज २८ गते राति परियोजनाको बाँध भत्किएपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो।

विसं २०५६ देखि सञ्चालनमा रहेको विद्युत् आयोजनाबाट विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएको छ। १५ किलोवाट क्षमताको आयोजनाबाट रामारोशनका ३०० उपभोक्ताले सेवा लिइरहेका परियोजनाका अध्यक्ष लालबहादुर साउँदले जानकारी दिए।

विद्युत् सेवा अवरुद्ध भएपछि उपभोक्ता मारमा परेको अध्यक्ष साउँदले बताए। तत्कालीन अवस्थामा जिल्ला ऊर्जाको प्राविधिक सहयोग र उपभोक्ताको पूर्ण जनश्रमदानमा निर्माण भएको उक्त जलविद्युत् परियोजनाको सेवा अवरुद्ध भएपछि तिहार अन्धकार हुने भन्दै स्थानीय उपभोक्ता चिन्तित बनेका छन्।

उपभोक्ताले चाँडोभन्दा चाँडो लघु जलविद्युत् आयोजना मर्मत गरिदिन मागसमेत गरेको गाउँपालिकाका योजना शाखा प्रमुख दलबहादुर साउँदले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *