अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता

डिसी नेपाल
२ कार्तिक २०७६ २०:२७

अछाम । अछाममा विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने भएको छ।

शनिवार पत्रकार सम्मेलन गर्दै अछाम जिल्लामा पहिलो पटक माध्यमिक तह सम्मका विद्यालय स्तरीय संसदीय बहस प्रतियोगिता हुने आयोजकले जनाएको छ।

‘तथ्ययुक्त तर्कहरुको वैचारिक लडाइँ’ भन्ने मुल नाराका साथ तर्क युद्ध अछाम, २०७६ प्रतियोगिता हुने नयाँ युवा नयाँ सोच नेपालका अध्यक्ष मुकुन्ददीप मडैले बताए।

जिल्लाको साँफेबगर नगरपालिका, मङ्गलसेन नगरपालिका, चौरपाटी गाउँपालिकालगायत अछामका स्थानीय तहको सहयोग र नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा साँफेबगरमा हुने अध्यक्ष मडैले बताए।

कार्यक्रममा मङ्गलसेन नगरपालिका २०७६ कि ‘नमूना युवा सांसद’ पार्वती विष्टलाई कार्यक्रम संयोजक घोषणा गर्दै कार्यक्रम यहि आउने पौष महिनाको अन्तिम साता आयोजना गरिने जानकारी दिएका अध्यक्ष मडैले बताए।

यस संसदीय बहस कार्यक्रममा अछामका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट छनौट भइ आएका विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा प्रमुख निर्णायक बिनोद खत्रीका अनुसार यस प्रतियोगिताले विध्यार्थीहरुलाइ संसदीय पद्धतिको ज्ञान दिने, संसद, कानून निर्माण प्रकृया आदिको व्यवहारिक ज्ञान दिने साथै समसामयिक विषयमा बहस गराइ तर्क कला तथा बहसकला अभिवृद्धि गर्न मद्दत पुग्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *