प्रिमियर लिगमा सिटीको जित

डिसी नेपाल
३ कार्तिक २०७६ ६:५७

एजेन्सी । साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।

क्रिष्टलको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस र कप्तान डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३९ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलको ४१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले ९ खेलबाट १९ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २४ अंक छ । पराजित क्रिष्टल १४ अंक जोडेर छैटौं स्थानमा छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *