बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु
बुर्किनाफासो । उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ ।
आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अरु ११ जना घाइते भएका छन् । सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ ।
सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ । यी आक्रमणबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन् ।
पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमलाहरु भइरहेका छन् । अघिल्लो हप्ता पनि एक मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया
Facebook Comment