मदिराले मातेर कारको बोनटमै सम्भोग गर्न थाले, सिसिटिभीमा रेकर्ड भएपछि…

डिसी नेपाल
३ कार्तिक २०७६ १४:३४

काठमाडौं। सार्वजनिक स्थानमा यौन सम्बन्ध बनाएको आरोपमा अदालतले एक जोडीलाई ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । घटना बेलायतको पश्चिम ससेक्सको हो । बेलायती मिडिया द सनको समाचार अनुसार ५१ वर्षका डेभिड मन्डेभिले र ३८ वर्षकी लुसी एलिसले पार्किङमा राखिएको कारको बोनटमै सम्भोग गरेका थिए ।

त्यसअघि उनीहरुलाई बटलिन रिसोर्टको एक बारबाट बाहिर निकालिएको थियो । यी दुईले बारमा समेत आपत्तिजनक क्रियाकलाप गरेपछि त्यहाँबाट बाहिर निकालिएको थियो । रातको १० बजे जब उनीहरुलाई हटशट बारबाट बाहिर निकालिएको थियो । त्यसपछि यो जोडीको गतिविधि सिसिटिभी क्यामेरामा कैद भयो । पुलिसले उनीहरुमाथि कैयौं आरोप लगाएको थियो ।

अदालतमा उनीहरुका वकिलले उनीहरुले एक अर्कालाई २० वर्षदेखि जानेको र त्यस दिन दुवैले निकै मदिरा पिएका कारण यस्तो गरेको बताएका थिए । वकिलले दुवैलाई आफ्नो क्रियाकलापका विषयमा पछुतो भएको समेत बताएका थिए । डेभिड र लुसीले पनि आफूहरुले सार्वजनिक मर्यादाको उल्लंघन गरेको स्वीकार गरेका थिए । अदालतले दुवैलाई ३२० पाउण्ड (करिब ५० हजार नेपाली रुपैयाँ) जरिवानाको सजाय सुनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *