इनरुवा अस्पतालको सरसफाइपछि चर्कियो बहस – ‘अस्पतालमा औषधी पाइन्छ कि रक्सी ?’
काठमाडौं। सुन्सरीको इनरुवा अस्पतालको सरसफाइपछि भेटिएका फोहरको फोटो सामाजिक संजालमा शेयर भएपछि अहिले नयाँ बहस चर्किएको छ । सामाजिक संजालमा अस्पतालमा औषधी पाइन्छ कि रक्सी भन्ने प्रश्न र्वत्र उठिरहेको छ । केहीले चिकित्सक नै मदिरा पिएर उपचारमा संलग्न भएपछि बिरामीको उपचार कस्तो होला ? भनी प्रश्न उठाएका छन् ।
आज हाम्रो टोलिको केहि साथिहरुले इनरुवा अस्पताल परिषद भित्र सरसफाइ अभियान गर्नुभयो@hello_sarkarके अस्पतालमा आजभोलि बियर अनि भोट्का राख्ने ठाउँ बनाइएको होर? यस्तो संवेदनशील ठाउ भित्र रक्सिको ब्यापार हुन्छ भने बिरामीको उपचार होस मा गर्छन होला कि बेहोसमा ?
सक्दो निकायसम्म खबर पुगोस pic.twitter.com/aaIecaoNEL— Kp Khanal/केपी खनाल (@kepikhanal1) October 19, 2019
हिजो बेलुकी केपी खनाल नामको ट्रवीटर ह्याण्डलबाट यी फोटोहरु पोस्ट भएका थिए । उनले आफ्नो टोलीका केही साथीहरुले इनरुवा अस्पतालको सरसफाइमा यी बोतलहरु भेटिएको बताउँदै हेलो सरकारलाई मेन्सन गरेर सोधेका छन् ‘के अस्पतालमा आजभोलि बियर अनि भोट्का राख्ने ठाउँ बनाइएको हो र ? यस्तो संवेदनशील ठाउ भित्र रक्सिको ब्यापार हुन्छ भने बिरामीको उपचार होस मा गर्छन होला कि बेहोसमा ? सक्दो निकायसम्म खबर पुगोस ।’
Facebook Comment