छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु
चीन । छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ ।
सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन् । सन्देशमा उनले इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क भाग्य समुदायको निर्माण गर्ने सदिच्छापूर्ण इच्छा अभिव्यक्त भएको उल्लेख गरेका छन् ।
नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भबिष्य’ रहेको बताइएको छ ।
नयाँ सुरुवातमा विकास अवसरलाई कायम राख्दै चुतौतिको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पूरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयास गर्नुपर्ने सीले बताएका छन् । उनले भविष्य उन्मुख चीनले ठूलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदानकर्ताको हैसियतले प्रयास गर्दै जाने बताए ।
Facebook Comment