स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कुन कलेजले कति सिट पाए ?

डिसी नेपाल
४ कार्तिक २०७६ ७:२६

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ३५) ले सिट प्राप्त गरेका छन् ।

यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस ( एमबिबीएस १०० र बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस १००), मनिपाल मेडिकल कलेज (एमबिबीएस १००), देवदह मेडिकल कलेज ( एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बिडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ ।

नयाँ शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक-फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।




प्रतिक्रिया

One thought on “स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण, कुन कलेजले कति सिट पाए ?

  1. “अघोर बबले बिहे गर्नु भयो”: – यो सम्भब छ। केहि पनि फरक पर्दैन किनभने , भगवनहरु पनि (शिब पार्बती, श्रीहरि बिष्णु श्रीलक्ष्मी, ब्रह्मा सरस्वोति ) आदि। (१) उनीहरु पहिले नै बिहे गरेका थिए , तर अघोरी बाबले अहिले गर्नुभयो। (२) मेरो सबै पत्रकार मित्रहरु :- आ आफ्नो ठाउँबाट , कति सम्म सकिन्छ सहयोग जुटाईदिनु होला। मेरो पत्रकार साथीहरु र अघोरी बाबा लाई सहयोग गर्नुहुने सबै जनहरुलाई भलो होस भन्ने कामना गर्दछु :- सहयोग किन चाहियो भन्दा , बाबा , ” बाबा हुनुहुन्थेयो , त्यस्तो बेलामा पैसा होने कुरै भएन। त्यसैले , सहयोगी सबैलाई भलो होस भन्ने कामना गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *