जब बलात्कार पीडित युवतीलाई नै लाग्न थाल्यो – ‘जे भयो ठिकै भयो’
काठमाडौं। २१ वर्षको उमेरमा नताशाले सही अर्थमा जीवन जिउन सिक्न सकिन् । यो त्यो समय थियो जब उनका ब्वाइफ्रेण्ड उनलाई छाडेर उनको जीवनबाट बाहिर गए । नताशाको लागि यो समय आफूभित्र चलिरहेका सबै किसिमका द्वन्द्वहरुलाई समाप्त गर्ने थियो तर उनका घाउ गहिरा थिए ।
जब नताशा करिब साढे तीन वर्षकी थिइन्, उनले देखिन् कि उनकी आमाले एक दिन अचानक आफैंलाई आगो लगाइन् । मानसिक रोगबाट पीडित उनका पितालाई रिमाण्ड होम पठाइयो । नताशा आफ्ना गडप्यारेन्टसँग बस्न थालिन् । सात वर्षको उमेरमा उनलाई बलात्कार गरियो । एक व्यक्तिले उनीसँग जोर जबरजस्ती गरेका थिए तर यसबारे उनले कसैलाई बताइनन् । त्यसपछिका वर्षहरुमा उनले कैयौं पटक यौन हिंसाको सामना गर्नुपर्यो । तर, उनले कसैलाई यसबारे केही बताइनन् ।
नताशाले बीबीसीलाई बताइन् –‘मेरो पूरा बाल्यकाल आफैंलाई दोषी ठहर गर्दैमा बित्यो । म हरेक कुराको लागि आफैंलाई जिम्मेवार मान्थें । पीडा शायद यस्तै गरी मेरो जीवनको हिस्सा बनेको थियो कि मलाई आफैंलाई पीडित सम्झिनु राम्रो लाग्न लागेको थियो । मलाई लाग्थ्यो मसँग नराम्रो हुनु नै पर्छ ।’
नताशा आफ्नो शरीरसँग पनि सहज थिइनन् । उनलाई आफैंमाथि भरोसा थिएन । उनले डान्समा वतन्त्रताको किरण देखिन् । यसको साथमा उनी आत्मविश्वसको साथ आफूलाई राम्रो तरिकाले व्यस्त राख्न थालेकी थिइन् । मुम्बइको एक स्थानीय स्कुलमा उनले ज्याज, बेली र कन्टेम्पोररी डान्स सिकिन् । तर, उनले आफ्नो यो सोखलाई अगाडि बढाउन पाइनन् । घुँडामा चोट लागेपछि उनी फेरि डान्स गर्न सक्दिनथिन् ।
यही उमेरमा डिस्लेक्सिया (पढाइमा आउने एक मानसिक समस्या) र बुलिङ (स्कुलमा सताइने) का कारण उनले पढाइमा पनि निकै महत्वपूर्ण समय गुमाइन् । जसोतसो उनले स्नातकको डिग्री लिइन् र उनकी आमा (जसले उनलाई पालेकी थिइन्) ले उनलाई शिक्षिका बन्न सल्लाह दिइन् । उनकी आमालाइ लाग्थ्यो यो नताशाको लागि सुरक्षित जागिर हुनेछ ।
नताशाका अनुसार उनको नयाँ परिवारले उनलाई जसरी सम्भव भयो माया नै दिए तर उनलाई सधैं यसका कमी नै देखिइरह्यो । उनी भन्छिन् ‘यो सब मेरै सोच थियो । म कहिल्यै पनि केही स्वीकार गर्न तयार नै थिइन । म कहिल्यै पनि आफ्नो कुरा कसैलाई बताउँदिनथें ।’ उनी अगाडि भन्छिन् ‘म कुनै हालतमा शिक्षिक बन्न चाहन्नथें ।’
समयसँग धेरै सिकिन्
त्यसपछि नताशाको जीवनमा एउटा अहम मोड आयो । उनको ब्रेकअप भयो र यसको साथमा उनीमा एउटा परिवर्तनको चाहना पनि जाग्यो । नताशा भन्छिन् ‘मलाई थाहा थियो अब मेरो लागि चीजहरु पहिलेभन्दा राम्रो हुनु जरुरी थियो ।’ यो त्यो समय थियो जब नताशाले एउटा ठूलो कुरा सिकिन् ‘तपाइँले आफैं आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ किनकि तपाइँको लागि कोही अरुले यो काम गर्ने छैन ।’
नताशाले पाइन् कि उनी आफैंलाई दोष दिने स्थितिबाट बाहिर आउँदैछिन् र आफ्नो शरीरसँग सहज पनि भइरहेकी छिन् । उनी भन्छिन् ‘मेरो हिसाबले डिप्रेसनको मतलब हो कुनै पनि व्यवहार अति हुनु । कहिलेकाहीँ म यति धेरै खाना खान्थें कि सास फेर्न पनि कठिन हुन्थ्यो । त्यसपछि कैयौं पटक बान्ता पनि गर्थें । अनि कैयौं पटक यस्तो पनि हुन्थ्यो कि म आफैंलाई भोकै राख्थें । कहिलेकाहीँ म केवल सुतिराख्थें भने कैयौं पटक म बिल्कुलै सुत्दिनथें ।’
भारतमा मानसिक स्वास्थ्यलाई सामाजिक कलंकको रुपमा हेरिन्छ र यसबाट पीडितका समस्यालाई नदेखेझैं गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ४ मध्ये एक व्यक्ति कुनै न कुनै किसिमको मानसिक समस्याबाट ग्रस्त छन् र डिप्रेशन गम्भीर चिन्ताको विषय हो । कम उमेरमै नताशाले यसको लागि उपचार गराउन सुरु गरेकी थिइन् तर यसपटक उनले आफ्नो स्वास्थ्यको सुधारको लागि केही अर्कै बाटो अपनाउने फैसला गरिन् ।
यसमा अगाडि बढिरहनको लागि उनले एक डायरी बनाइन् जसमा उनी दिनहुँ घट्न ती कुराहरु लेख्थिन् जसका लागि उनी ईश्वरलाई धन्यवाद दिन चाहन्छिन् । साथमा उनले आफ्नो लागि केही उद्देश्य पनि तय गरिन् । ‘मेरो डिप्रेशन र त्यसका कारणले हुने तनाव, यी कुराहरुले नै मलाई प्रेरणा दिए कि म यसबाट बाहिर निस्कुँ’ उनले भनिन् ‘म हरेक दिन आफ्नो लागि साना साना काम तय गर्न लागेकी थिएँ । जस्तो कि साँझ ५ मिनेटको हिँडाइको लागि कपाल कोरेर बाहिर निस्किनु ।’
उनले फैसला गरिन् कि जुन दिन उनी आफूले लेखेका उद्देश्य पूरा गर्न सक्दिनन् उनी आफूलाई दोष दिने छैनन् । नताशा भन्छिन् ‘म आफैंलाई भन्थें कि असफल हुनु कुनै अपराध होइन । म एकपटक फेरि कोसिस गर्छु । म आफैंलाई माया गर्न सिकिरहेकी थिएँ ।’
आफ्नो जीवनमा घटिरहेका घटनासँग जुध्ने उनले यो नयाँ तरिका अपनाएकी थिइन् । उनी भन्छिन् ‘मलाई याद छ जब मलाई मेरो डाक्टरले सोधेका थिए कि कस्ती छौ मैले भनेकी थिएँ म ठिक छु तपाइँ कस्तो हुनुहुन्छ ? म अरुलाई यति माया गर्थें कि म आफैंलाई माया गर्न बिर्सिइसकेकी थिएँ ।’
योगले जीवन सुधार भयो
डिप्रेशन र तनावबाट बाहिर निस्कने कोसिसमा नताशाको जीवनमा मेडिटेशन (ध्यान) धेरै अहम भएको थियो । विस्तारै उनले यको साथै मानसिक र शारीरिक स्वास्थ्यको लागि योग गर्न सुरु गरिन् । उनी भन्छिन् ‘चोट लागेपछि म डान्स वा कुनै किसिमको काम जसबाट शरीरमा दबाब परोस्, गर्न सक्दिनथें । तर मैले सामाजिक संजालमा देखें कि संसारभरकी महिलाहरु आफ्नो शरीरलाई सुन्दर भावभंगिमामा पेश गरिरहेका छन् र मलाई यो आश्चर्यजनक लाग्थ्यो ।’
उनी पनि एक कदम अगाडि बढ्न चाहन्थिन् र यस्तै केही गर्न चाहन्थिन् । तर यसको अर्थ थियो उनले साधारण आसनहरुको साथसाथै सासमा काबु पाउनको लागि राम्रो तरिकाले प्राणायाम सिक्नुपर्थ्यो । नताशा भन्छिन् ‘योगबाट मलाई आफ्नो मनलाई स्थिर बनाइराख्न सहयोग मिल्छ । यो प्रक्रिया ढिलो छ तर यसबाट मैले जे पनि पाएँ त्यो उत्साह बढाउने छ ।’ ५ वर्ष बितेपछि उनी आफूलाई पहिलेभन्दा धेरै राम्रो स्थितिमा मान्छिन् ।
नताशा भन्छिन् ‘आजको दिनमा चाहे जेसुकै होस् म सधैं सबेरै केही बेरका लागि योगाभ्यास गर्छु र केही समयको लागि ध्यान गर्छु । नताशाका अनुसार यसबाट अधिक तनाव वाला दिन पनि कम तनाव वाला बन्छन् र उनलाई आफूलाई माया गर्ने आफ्नो नियमको पालना गर्न सहयोग मिल्छ । नताशाले तय गरेकी छिन् कि उनी आफ्नो जीवनशैली बदल्नेछिन् र उनी यो शिक्षिकाको रुपमा अरुलाई योग सिकाउँछिन् ।
आफ्नो बाटो आफैं खोजिन्
नताशा अहिले २७ वर्षकी भइसकेकी छिन् । अहिले पनि उनको जीवनमा कुनै कुनै दिन नराम्रो हुन्छन् तर अब उनले अगाडि बढ्न सिकेकी छिन् । नताशा अहिले एक योग शिक्षिका हुन्, मानसिक स्वास्थ्यको बारेमा जागरुकता बढाउँछिन् र सामाजिक संजाल इन्फ्लुएन्सर हुन् । उनी मान्छिन् उनको सफर आफैंलाई अपनाउने सुरुवातबाट भयो ।
आफ्नो इन्स्टाग्राम प्रोफाइलमा उनले लेखेकी छिन् मेरो बारेमा तपाइँ जे भन्नुहुन्छ म त्यो र त्योभन्दा पनि धेरै नराम्रो आफ्नो बारेमा पहिल्यै सोचिसकेकी छु ।’ उनी आफ्ना २ लाख ४५ हजार फलोअरलाई आफ्नो शरीरलाई माया गर्न सिकाउँछिन् र उनीहरुलाई योग अपनाउन प्रेरित गर्छिन् । तर यो उनको लागि त्यो ठाउँ पनि हो जहाँ उनी आफ्ना अनेक मुड र आफ्नो निजी जीवनका अनुभवलाई पनि बयान गर्छिन् ।
‘आफ्नो दिमागभित्र म आफैंलाई पीडितको रुपमा देख्न मन पराउन थालेकी थिएँ । म आफूलाई त्यहाँबाट बाहिर निकाल्न चाहन्थे अनि फेरि आफैं त्यहीँ सोचलाई कायमै राख्न पनि चाहन्थें’ उनले भनिन् । एक इन्फ्लुएंसरको रुपमा उनी सामाजिक संजालमा ट्रोलरको निशानामा पनि रहन्छिन् ।
कोही उनलाई ‘चरित्रहीन’ भन्छन्, कोही ‘सहजै उपलब्ध महिला’, कोही ‘कुरुप’ भन्छन् भने कोही ‘बेकार’ भन्छन् । तर, यी शब्द अहिले नताशालाई सताउँदैनन् । नताशा भन्छिन् ‘मैले जीवनलाई हेर्ने दृष्टिकोण नै बदलेकी छु र अब म राम्रो तरिकाले काम गर्ने कोसिस गर्छु । मलाई यहाँम्म पुग्न २० वर्ष लाग्यो र मलाई अझै पनि धेरै हासिल गर्नु छ । अहिले मेरो एक एक सासको साथमा मेरो स्वाथ्य सुधार भइरहेको छ ।’ बीबीसी हिन्दीबाट अनुवादित
Facebook Comment