कश्मिरमा पाकिस्तानको गोली लागेर पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु

डिसी नेपाल
४ कार्तिक २०७६ १२:०६

काठमाडौं। आइतबार राती भारत र पाकिस्तानबीच भएको लडाइँमा मृत्यु हुने २ भारतीइ सैनिकको नाम पदम बहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठ भएको खुलेका छ । द टेलिग्राफको भारतीय संस्करणको समाचारमा जनाइएअनुसार पाकिस्तानको फायरिङमा परी पदम । गामिलसँगै सर्वसाधारण मोहम्मद सादिकको मृत्यु भएको हो । उनीहरुको नामको आधारमा उनीहरु नेपाली हुन सक्ने आशंक गरिएको छ । यद्यपि भारतका केही राज्यमा नेपाली मूलका धेरै नागरिक रहेको र उनीहरुको समेत यस्तै नाम थर हुने गरेकोले उनीहरु कुन देशका नागरिक हुन् भन्ने स्पष्ट भइसकेको छैन ।

पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा गएराती भएको दोहोरो भिडन्तको क्रममा भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको समाचारमा उल्लेख छ । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । त्यसको बदलामा भारतीय सेनाले पनि आतंकवादी समूहको क्षेत्रमा आक्रमण गरेको भारतीय स्थल सेनाप्रमुख जनरल विपिन रावतले बताएका छन् । भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी रावतको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतले विनाकारण जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् । उनले जवाफी कारबाहीमा भारतीय सेनाका ९ जना मारिएको दाबी गरेका छन् । भारतका दुईवटा बंकरमा पनि क्षति पुर्याएको पाकिस्तानको दाबी छ । उनले एक जना पाकिस्तानी सेना र तीन जना सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन् । यस्तै पाकिस्तानी सेनाका दुई जवान र सर्वसाधारण नागरिक तीन जना घाइते भएको पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *