गुल्मीमा रोकिराखेको जीप एक्कासी गुड्दा एक जनाको मृत्यु

काठमाडौँ । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार राति कालीगण्डकी गाउँपालिका–३ जयखानीमा रोकिराखेको लु १ च ४५४६ नम्बरको जीप अचानक पछाडि गुडेपछि जीपमा सवार २८ वर्षीय झमबहादुर विकको ज्यान जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते भएका विकलाई पाल्पास्थित मिशन अस्पतालमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा ज्यान गएको हो ।
प्रतिक्रिया
Facebook Comment