‘भारतमा हुने टेष्ट क्रिकेट पाँच ठाउँमा मात्र हुनुपर्छ’
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले घरेलु मैदानमा पाँच वटा स्थान मात्र टेष्ट क्रिकेटका लागि उचित रहेको बताएका छन । उनले कुन–कुन स्थान नभनेपछि टेष्ट खेलहरु सबै स्थानमा भन्दापनि निश्चित मैदान तोकेर खेलाउनु पर्ने बताए ।
कोहलीले भारतले टेष्ट भेन्युहरु निश्चित तोक्नुपर्ने अवस्था आएको हो भन्ने प्रश्नमा उनले बताएका हुन । रिपोर्टअनुसार भारतले ठुला शहर कोलकाता, मुम्बई, चेन्नेई, दिल्ली र बैंग्लोरमा टेष्ट भेन्यु निश्चित गर्नुपर्ने उनको भनाई छ ।
भारतले आफ्नो देशमा रहेका हरेक मैदानमा रोटेसन प्रणालीमा सबै फर्म्याटका क्रिकेट प्रतियोगिताहरु गरिरहेको छ । हालै दक्षिण अफ्रिकाले भारत विरुद्धको सिरीज तीन वटा स्थानमा मात्र खेल्न पायो । राँची, पुणे र विशाखापट्नममा दक्षिण अफ्रिकाले खेलेको थियो ।
कोहलीले इंग्ल्याण्डको उदाहरण दिदै उनीहरुले टेष्ट भेन्युका रुपमा प्रायः सधै ६ वटा मैदानलाई प्रयोग गर्छन्, भारतमा पनि त्यस्तै मुख्य शहरमा मात्र टेष्ट खेलाएमा निकै उत्कृष्ट हुने बताए ।
यस्तै अष्ट्रेलियाले पनि ६ वटा शहरमा मात्र टेष्ट खेलाउने गरेको छ । यस्तै दक्षिण अफ्रिका र न्यूजिल्याण्डले टेष्ट भेन्यु भनेर मैदानहरु तोकेको छ । तर भारतमा पनि अब यो गर्नुपर्ने बताए । भारतले घरेलु मैदानमा खेलेका टेष्ट खेलमा विभिन्न २७ वटा भेन्युमा खेलेको छ । जसमा १८ वटा मैदानमा उसले प्रतिस्पर्धा गरेको छ ।
Facebook Comment