गोवाका गाईहरुले माछा र मासु खान थाले, सरकारले उपचार गराउने
काठमाडौं। अहिलेसम्म तपाइँले यही सुन्नुभएको वा पढ्नुभएको होला कि गाई एक शाकाहारी जनावर हो । तपाइँ आफ्नो जीवनमा पनि यही मान्नुहुन्छ होला र गाईलाई सधैं शाकाहारी खाना नै दिनुहुन्छ होला । तर हालै गाईहरुको खाने आनीबानीका विषयमा गरिएको एक अनुसन्धानमा जो तथ्य सार्वजनिक भएका छन् त्यसले तपाइँ चकित पर्नुहुनेछ । गाईहरुलाई अब माांहारी भोजन मन पर्न थालेको छ र उनीहरु माछा तथा कुखुराको मासु खाइरहेका छन् ।
भारतको गोवामा ७६ आवारा गाईहरुको समूहमा गरिएको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो कि मानिसजतै गाईहरु पनि खानाको उपलब्धताको आधारमा आफ्नो खाने आनीबानीमा परिवर्तन गर्छन् । जुन गाईहरुमा खानाको बदलाव पाइएको थियो उनीहरु सबै आवारा थिए र उनीहरुलाई गोवाको एक लोकप्रिय पर्यटन स्थल केलंगुटबाट पुनर्वासका लागि लगिएको थियो ।
गोवाका मन्त्री माइकल लोबोका अनुसार यी गाइँहरु बस्ने क्षेत्रमा रेष्टुरेण्टहरुबाट निस्कने फोहरमा चिकन स्क्रयाब र बासी फ्राइ गरेका माछाहरु सजिलै पाइन्थ्यो । यही कारण यी आवारा गाईहरुले खाने तयाँ आनीबानी विकसित गरे । यतिमात्र होइन यी गाइँहरुलाई जब गोवाको एक मान्यता प्राप्त गौशालामा राखियो त्यहाँ उनीहरुले अन्य गाईहरुलाई दिइएको शाकाहारी आहार खान मानेनन् । पछि गौशाला प्रबन्धनले पाए कि गाईहरु मासुप्रेमी थिए ।
एकपटक फेरि गोवाको सरकारले गाईहरुलाई शाकाहारी बनाउन विशेषज्ञको सहयोग लिए । गाईले के खाइरहेका छन् भन्ने पत्तँ लगाउन उनीहरुले रातमा पहरा दिने फैसला गरे । पहराका क्रममा उनहिरुले बाच्चाहरुले जिउँदै कुखुरा खाइरहेको भेटे । यस्तोमा सरकार अब यी गाईहरुको उपचार गराउनेछ ।
रोयटर्सको एक रिपोर्टमा पशु चिकित्सा अधिकारीको हवाला दिँदै भनिएको छ कि यी गाईहरुको शरीरमा महत्वपूर्ण खनिजको कमी उनीहरुको खाने आनीबानीमा परिवर्तनको कारण बनेको छ । गाइहरुले बदलिएको खाद्य वातावरणको पालना गर्दै उनीहरु मांसाहारी बनेका हुन् ।
Facebook Comment