पूरै शहर बन्द छ भनेर ट्याक्सी ड्राइभरले अमेरिकी पर्यटकसँग डेढ लाख असुले

डिसी नेपाल
६ कार्तिक २०७६ १४:४७

नयाँ दिल्ली। दिल्ली पुलिसले एक ट्याक्सी ड्राइभरलाई अमेरिकी नागरिक जर्ज वेनमिटरसँग ९० हजार भारु (१ लाख ४६ हजार नेपाली रुपैयाँ) ठगी गरेको आरोपमा पक्राउ गरेको छ । जर्ज १८ अक्टोबरमा दिल्ली पुगेका थिए । त्यपछि उनले एउटा ट्याक्सी लिए तर ड्राइभरले दिल्ली बन्द छ भनेर उनलाई धोका दिए । यसमा अरु ट्याक्सी ड्राइभरले पनि साथ दिए ।

जर्जले उजुरीमा भनेका छन् ‘आरोपी ड्राइभरले मलाई एयरपोर्टबाट पहाडगंजको एक होटल लैजाने अफर गरे जहाँ मेरो पहिलेदेखि बुकिङ थियो । पछि ड्राइभरले पुलिस बेरिकेड्सअगाडि गाडी रोकिदिए र भने चाडपर्वका कारण दिल्ली बन्द छ र सडकहरु अवरुद्ध छन् ।’ आरोपी ड्राइभरले त्यसपछि जर्जलाई कनाट प्लेसको एक नक्कली टुर एजेन्सीमा लिएर गए । त्यहाँको स्टाफले जर्जलाई शहर बन्द छ भने । उनीहरुले पहाडगंजका होटलहरु पनि बन्द भएको बताए । यसको पुष्टीको लागि होटलमा नक्कली फोन पनि गरे ।

वेनमिटरले उनीहरुको कुरामा विश्वास गरेनन् । उनले अटो रिक्शा लिए तर अटो रिक्शाका ड्राइभरले पनि सबै होटल बन्द भएको बताए । आरोपी ड्राइभरले फेरि जर्जलाई गोल मार्केटको एक नक्कली टुर एजेन्सीमा लिएर गए र जयपुर र आगरामा होटल बुक गराएर पैसा लिए । त्यसपछि जर्ज आगरा पुगे । जर्जले आगराबाट दिल्लीको होटलमा रिफंडको लागि फोन गरेपछि बल्ल आफू ठगिएको थाहा पाए । पुलिसले ड्राइभरविरुद्ध कारवाही अगाडि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *