अन्तरजातिय विवाह गरेकी दलित केटी भैसिँगोठमा बस्न बाध्य

डिसी नेपाल
६ कार्तिक २०७६ १६:४५

सिरहा । सिरहा जिल्लामा जातिय छुवाछुतको घटनामा बृद्धि भईरहेको छ । केहि दिन पहिले सिरहा नगरपालिका ११ को भलुवाहिमा छुवाछुतकै कारणले स्थानीय बिरेन्द्र महरालाई भोज खानलागेका बेला पात खोसेर भोजखान दिइएको थिएन । उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को छुवाछुतको घट्नाले अहिले सिरहा जिल्ला चर्चामा छ ।

कानुनले नै छुवाछुतलाई बर्जित गरिसकेको बेला सिरहामा भने बेलाबेलामा यस्ता घटनाहरु हुने गरेका छन् । घटनाअनुसार सिरहाको कल्याणपुर नगरपालिका वडा नं १० को बङ्गठिया बसोबास गर्ने अकाश भन्ने बरुण मण्डलसँग प्रेम विवाह गरेकी सिरहाकै सखुवानन्कट्टी ५ महेशवारीकी २२ वर्षीय सुनिता रामले दलित जाति चमार जातिको भएकै कारण पतिको घरपक्षले घरमा बस्न नदिएपछि भैंसिको गोठमा बस्न बाध्य भएकी छिन ।

केहिदिन पहिले केटा र केटीले प्रेम विवाह गरेर उनीहरु दुवै काठमाण्डौं गएका थिए । केटा पक्षले दुवैजनालाई फकाएर काठमाडौंबाट सिरहाको गोलबजार नगरपालिका वडा नं १० को बेतौना पुरयाएका थिए । बेतौनामा फुपुु फुपाजुको घरमा दुई दिन राखेर उनिहरुले बरुणलाई सम्पर्क विहिन बनाएका छन।

बरुण त्याहाबाँट गएपछि आफुलाई कुटपिट गरी फुपु फुपाजुले घरबाट निकालिदिएको सुनिता रामले गुनासो गरिन् । अहिले सुनिता राम वरुणकै घरमा रहेको भैंसि गोठमा बस्दै आएकी छिन् ।

श्रीमानलाई बेपत्ता परिएपछि दुई दिन अघि देवर अरुण मण्डल र सासु रेखादेवी मण्डलले आफूलाई कुटपिटगरेर झोला फालिदिएको र गोठबाट समेत निकालिदिएको सुनिताले बताईन् । मलाई दलितको छोरि घरमा पसे घरै छुइने भन्दै घरमा बस्न र खान दिएका छैनन भन्छिन् । दुई छाकको गर्जो टार्ने कुनै माध्यम नभएको भन्दै उनले आफुसँग रहेको सीमित पैसाले गाउँकै चिया पसलमा दिनमा एक छाक रुखासुख्खा खाएर भोक टार्ने गरेको दुखेसो पाखिन् ।

प्रेम बिवाह गरिसकेकोले सुनिताले भने आफु जस्तोसुकै दुःख कष्ट सहेर भएपनि पतिकै घरमा जिवन निर्वाह गर्नेे बताईन । उनले भनिन मैले उसैलाई भनेर माईति त्यागेर आँए अब म माईत कुन मुख लिएर जाउँ । बरु म भोकै बसेर भएपनि आफ्नो पतिकै भैंसी गोठमा प्राण त्याग्छु ।

छोरी गोठमा बस्न बाध्य भएपछि न्याय माग्न इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख हिरा यादब समक्ष पुगेका सुनिताका बुवा झरिलाल महरापनि न्याय पाउने आश नदेखिएपछि निराश भएर फर्किएका छन ।

उल्टै प्रहरि ले बरुण को उमेर नपुगेकोले आफनो तर्फबाट केहि गर्न नसक्ने बताएको गुनासो झरिलालले गरे । बरुणको परिवारले उनको उमेर १६ बर्षमात्र पुगेको दाबी गर्दै आएको छ । सुनिताले भने पतिको उमेर २० वर्ष कटेको दावी गर्दै आएकी छिन् । बरुणको भाई अरुण हाल कक्षा १० मा अध्ययनरत छन । अरुणकै उमेर १६ वर्ष पुगेकाले दाजु बरुणको उमेर कसरी १६ बर्ष हुन्छ भन्ने सुनिताको प्रश्न छ ।

संयुक्त दलित मोर्चाका केन्द्रिय संयोजक शिवकुमार महराले तराई मधेशका जिल्लाामा जातिय छुवाछुतकै कारणले सुनिता राम जस्तै कैयैँ महिलाहरु समस्या भाग्न बाध्य भएको बताए । संयोजक महराले अगाडिभने विवाह गर्नेलगायतका विभिन्न प्रलोभन देखाई कथित ठूला जातका भनाउदाले सुरुमा दलित केटीसँग मोजमस्ती गर्छन् अनि घरमा विवाह गरेर लगेपछि घरपरिवारले मानेन भन्दै केटीलाई अलपत्र पार्ने गरेका छन् । जातिय छुवाछुतकै कारणले तराई समाजमा यस्ता घटनाहरु दिनप्रतिदिन बृद्धि भईरहेकोले रोकथामका लागि संबन्धित निकाय चनाखो हुनुपर्ने माग संयोजक महराको रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *