नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी मन्त्रीको टिप्पणी (पूर्णपाठ सहित)

डिसी नेपाल
६ कार्तिक २०७६ १८:४९

काठमाडौं। अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढेको उल्लेख गरेको छ। चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)मा सहभागी नेपाल अमेरिकाको इण्डो–प्यासिफिक रणनीतिमा सहभागी नभएपछि उसले नेपाललाई उत्तरी छिमेकी चीनतर्फ ढल्केको आरोप लगाउँदै आएको छ।

अमेरिकाको पछिल्लो भनाई चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक काठमाडौं भ्रमणपछि आएको हो। दक्षिण एसिया सम्बन्धि अमेरिकी सायहक विदेशमन्त्री एलिस जी वेल्सले अमेरिकी संसदको एक समितिमा लिखित धारणा राख्दै नेपालमा पछिल्लो समय चीनको प्रभाव बढ्दै गएको टिप्पणी गरेकी हुन्। उनले नेपालमा दलाई लामाको जन्म दिन मनाउनसमेत नेपाल सरकारले बन्देज लगाएको विषय उठाएकी छन्।

भारत निर्वासनमा रहेको तिब्बती धार्मिक नेता दलाई लामाको जन्म दिनका अवसरमा अवाञ्छित क्रियाकलाप हुन सक्ने भन्दै नेपालले जन्म दिन मनाउन रोक लगाएको थियो। एक चीन नीतिप्रति प्रतिबद्ध नेपालले चीनविरुद्ध कुनै पनि गठबन्धनमा सहभागी नहुने बताउँदै आएको छ।

असंलग्न परराष्ट्र नीति अंगिकार गरेको नेपालले आफ्नो भूमि कुनै पनि मुलुकविरुद्ध उपयोग गर्न नदिने नीति अनुसार नै दलाई लामाको जन्म दिनप्रति कडाई गरेको हो। यही विषयमा टेकेर अमेरिकी सहायक विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो। तर, उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे भने कुनै टिप्पणी गरेकी छैनन्।

उनले नेपाल संघीयताको संक्रमणकालमा रहेको उल्लेख गर्दै लोकतन्त्रको संस्थागत विकासमा नेपालले प्रगती गरेकोसमेत बताएकी छन्। उनले नेपालमा सञ्चारजगतको स्वतन्त्रतामा पनि उल्लेख्य प्रगति भएको बताएकी छन्। उनले अनलाइन सञ्चार माध्यमको नेपालमा विकास हुनुलाई राम्रो बताएकी छन्।

भारतबारे उनले टिप्प्णी गर्दै जम्मू कश्मीर मामिलामा पनि बोलेकी छन्। भारतले ५ अगस्टमा जम्मू कश्मीरबारे गरेको निर्णय प्रति अमेरिकाले नजिकबाट हेरिरहेको टिप्पणी गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *