नेपालका सात खेलाडी क्वाटरफाइनलमा

डिसी नेपाल
६ कार्तिक २०७६ २१:१९

काठमाडौं। एसियाली यू–१४ र्याङकिङ सी–२ टेनिस च्याम्पियनसिपको गल्र्स सिंगल्समा नेपालका ७ खेलाडी मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

नेपालकी रायना शाहले नेपालकै इशाश्री शाहलाई ६–४ र ६–०, नेपालकी अजा रेग्मीले भारतकी कात्यायिनीलाई ६–३ र ६–०, नेपालकी आइशा डोल्करले नेपालका आध्या पौड्याललाई ६–२ र ६–०, नेपालकी सुनिरा थापाले नेपालकी जेनी खड्कालाई ३–६, ६–१ र ६–१, नेपालकी सुभाङ्गीलक्ष्मी शाहले भारतकी जान्भी असावालाई ६–२ र ६–३, भारतकी युम्नाम थाइबीले नेपाली निमिशा ढकाललाई ३–६, ६–२ र ६–३, नेपालकी इभा अधिकारीले नेपालकी समृद्धि महर्जनलाई ६–१ र ६–२ तथा नेपालकी श्रृष्टि राईले नेपालकी सराह तिमिल्सिनालाई ६–० र ६–१ को सेटमा पराजित गरे ।

सोही स्पर्धाको ब्वाइजमा पनि नेपालका सातै खेलाडी क्वाटरफाइनलमा पुग्न सफल भए । नेपालका अकी जुवेन रावतले जापानका ज्याकरी बुराकलाई ६–४ र ६–०, भारतका मनुराज सिंहले नेपालका प्रणव मानन्धरलाई ६–०, ४–६ र ६–२, नेपालका चिराग तिमिल्सिनाले स्विट्जरल्यान्डका चार्ली सेन्हाउसरलाई ६–० र ६–१, नेपालका प्रितम परियारले नेपालका सक्षमविक्रम शाहलाई ७–६(२) र ६–१, नेपालका सौगात विकले स्विट्जरल्यान्डका नोअह सेन्हाउसरलाई ६–० र ६–२, नेपालका आयुशमान हजुर घलेले नेपालका श्रृजन भट्टराईलाई ६–३ र ६–०, नेपालका सरोज तामाङले भारतका देव मेहतालाई ६–१ र ६–० तथा नेपालका राजवीर प्रधानले नेपालका निहालजंगबहादुर थापालाई ६–२ र ६–४ को सेटमा हराए ।

गल्र्समा नेपालका अजा रेग्मी र सुभाङ्गीलक्ष्मी शाह, नेपालका इशाश्री शाह र रायना शाह, भारतका जान्भी असावा र युम्नाम थोइबी तथा नेपालका निमिशा ढकाल र आइशा डोल्कर गुरुङको जोडी सेमिफाइनलमा पुगे । ब्वाइज डबल्समा नेपालका सौगात विक र मनुराज सिंह तथा नेपालका प्रणव मानन्धर र प्रितम परियारको जोडीले सेमिफाइनल यात्रा तय गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *