टी–२० विश्वकप छनोटः केन्याको दोस्रो जीत, सिंगापुर सहजै पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत केन्याले दोस्रो जीत निकालेको छ । बुधबार भएको खेलमा केन्याले सिंगापुरमाथि ७ विकेटको जीत दर्ता गरेको हो ।
सिंगापुरले दिएको १५८ रनको लक्ष्य केन्याले ७ बल बाँकी छँदै तीन विकेट गुमाएर पुरा गरेको थियो । केन्याको जीतमा इरफान करिमले नट आउट ७१ रन बनाउँदा अमन गान्धीले ५० रनको योगदान गरे । सिंगापुरका अजमद महबुबले २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ४० रन बनाउँदा अरित्र दत्तले ३३ तथा टिम डेभिडले २९ रनको योगदान गरे । केन्याका एलिजो ओटिनो र लुकास ओलुचले तीन तीन विकेट लिए ।
केन्या चार खेलमा २ जितसँगै समूह एको चौथो नम्बरमा रहेको छ। यस्तै दुई खेल नै जितेको सिंगापुर रनरेटले पछि पर्दै पाचौं नम्बरमा रहेको छ।
Facebook Comment